विर्तामोड । झापामा फेरी हात्तीको शव भेटिएको छ । अर्जुनधारा नगरपालिका–४ को दहिझोडामा आज बिहान हात्ती मृत फेला परेको हो ।

यसअघि बुद्धशान्ति गाउँपालिका–५ को आयाबारीमा मृत हात्ती फेला परेको थियो । घटनाको एक साता पनि नबित्दै झापामा अर्को हात्ती पनि मृत भेटिएको छ । अहिले शवको कानुनी प्रक्रिया पुरा गर्ने क्रम जारी रहेको जिल्ला बन कार्यालयले जनाएको छ ।

दहिझोडा खोला किनारमा किशोर अवस्थाको हात्ती मृत भेटिएको स्थानीयले बताएका छन् । हात्तीको मृत्युको कारण खुल्न सकेको छैन । घटनाको विवरण आउन समेत बाँकी छ । असार १७ गते बिहान बुद्धशान्ति – ५ का भीम कार्कीको घर पछाडि खेतमा  हात्ती मृत फेला परेको थियो। त्यसको कारण समेत हालसम्म सार्वजनिक भएको छैन ।