विजयपुर । ‘धरान १० के रन’ को उपाधि पुरुषतर्फ दीपक सुहाङ र महिलातर्फ राजपुरा प्रछाईले जितेकी छन् ।
शनिबार सम्पन्न एघारौँ नेवा च्यारिटी ‘धरान १० के रन’ मा पुरुषतर्फ सुहाङले १० किलोमिटर दूरी ३२ मिनेट ५ सेकेण्डमा पूरा गरेका थिए भने प्रछाईले ३७ मिनेट ३६ सेकेण्डमा पूरा गरेकी थिइन् । खुल्ला पुरुषतर्र्फ ३२ मिनेट २४ सेकेण्डमा १० किलोमिटर दूरी पार गर्दै गजिन्द्र राई दोस्रो बने भने ३३ मिनेट १३ मिनेटमा दूरी पूरा गरी सिमियोन किप्लागत तेस्रो बनेका छन् ।
महिलातर्फ ४० मिनेट २८ सेकेण्डमा निर्धारित दूरी पार गर्दै पूर्णलक्ष्मी न्यौपाने दोस्रो बनिन् भने ४२ मिनेट २७ सेकेण्डमा दौड पूरा गर्दै आशा राउत तेस्रो बनेकी छन् । पुरुष तथा महिला दुवैतर्फ प्रथम द्वितीय र तृतीय हुनेले क्रमशः ६० हजार,४० हजार र ३० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।
१६ वर्षमुनि छात्रतर्फ बिगल आङ्देम्बे लिम्बू ३६ मिनेट ४८ सेकेण्डमा दौड पूरा गरी प्रथम बने भने ३९ मिनेट ५१ सेकेण्डमा दौड पूरा गरी प्रविन राई द्वितीय भएका छन् । यस्तै करण लिम्बूले ४० मिनेट ५० सेकेण्डमा दूरी पार गरी तृतीय भएका छन् । १६ वर्षमुनिको छात्रातर्फ ५१ मिनेट ३४ सेकेण्डमा दौड पूरा गरी नानी तामाङ प्रथम भएकी छन् । ५१ मिनेट ४४ सेकेण्डमा दौड पूरा गर्दै कुसुम राई द्वितीय बनिन् भने ५९ मिनेट १७ सेकेण्डमा दौड पूरा गरी सुना सिद्दिक तृतीय बनिन् । उनीहरूलाई क्रमशः सात हजार, चार हजार र तीन हजार नगद पुरस्कार प्रदान गरिएको थियो ।
१२ वर्षमुनिको छात्रतर्फ ६ मिनेट ५५ सेकेण्डमा ३ किलोमिटर दूरी पूरा गरी योगेश पिठाकोटे मगर प्रथम बनेका छन् । ७ मिनेट ९ सेकेण्डमा दौड पूरा गरी आयुस राई द्वितीय बनेका छन् भने ७ मिनेट १२ सेकेण्डमा दौड पूरा गरी एलन खनाल तृतीय बनेका छन् । १२ वर्षमुनिका छात्रातर्फ ८ मिनेट १० सेकेण्डमा दूरी पूरा गरी विनिता राई प्रथम बनिन् भने ८ मिनेट २० सेकेण्डमा दूरी पूरा गर्दै जुही राई द्वितीय बनेकी छन् । ८ मिनेट ५५ सेकेण्डमा दौड पूरा गरी युना पालुङ्वा तृतीय बनेकी छन् । उनीहरूलाई पनि क्रमशः सात हजार, चार हजार र तीन हजार नगद पुरस्कार प्रदान गरिएको थियो ।
भेट्रान पुरुषतर्फ ३६ मिनेट २२ सेकेण्डमा दूरी पूरा गरी धर्म महर्जन प्रथम बनेका छन् । यस्तै ३९ मिनेट १५ सेकेण्डमा दौड पूरा गरी निमेश क्षेत्री द्वितीय बनेका छन् भने ४१ मिनेट ५९ सेकेण्डमा पाण्डव महतो तृतीय बनेका छन् । भेट्रान महिलातर्फ ५० मिनेट ४७ सेकेण्डमा दौड पूरा गरी जमुना लिम्बू प्रथम बनेकी छन् भने ५७ मिनेट ३४ सेकेण्डमा दौड पूरा गरी छिरिङ लामु भुटिया द्वितीय बनेकी छन् ।
यस्तै ५८ मिनेट ३६ सेकेण्डमा दौड पूरा गरी सर्मिला राई तृतीय बनेकी छन् । उनीहरूलाई क्रमशः ७ हजार, ५ हजार र ३ हजार नगद पुरस्कार प्रदान गरिएको धरान रनका अध्यक्ष रमु राईले जानकारी दिए ।
सुपर भेट्रानतर्फ ४५ मिनेट ३५ सेकेण्डमा दौड पूरा गरी कृष्ण तामाङ प्रथम बनेका छन् । ३४ मिनेट ५५ सेकेण्डमा दौड पूरा गरी किरण लिम्बू स्थानीय विजेता बनेका छन् भने ४२ मिनेट ४६ सेकेण्डमा दौड पूरा गरी छेन्बीमाया राई उपविजेता बनेकी छन् ।