देउराली ।  २३ औँ बुढासुब्बा गोल्डकपको दोस्रो खेलमा एभिनिर फुटबल क्लब  सेमिफाइनलमा प्रवेश गरेको छ । 

 धरान १६ स्थित रङ्गशालामा आइतबार भएको दोस्रो क्वार्टर फाइनल खेलमा पहिलो हाफको १४ औँ मिनेटमा जर्सी नम्बर १९ गिनीको  पासलाई सदुपयोग गर्दै  हेड मार्फत जर्सी नम्बर १५  सावा अलीले गोल गरेका थिए । खोलको ९० मिनेट सम्म दुवै टिमले गाल गर्ने थुप्रै अवसर पाए पनि गोल हुन नसकेपछि सावाको उक्त गोल नै निर्णायक गोल बनेको थियो । 

खेल अवधिभर बागमतीले ७ पटक एभिनिर पोस्टमा प्रहार गरे पनि ६ पटक गोल रक्षकले गोल हुनबाट विफल बनाएका थिए । १ पटक पोस्टमा लागेर फर्किएको थिए । 

खलेको मध्यमा दुवै पक्षका खेलाडी आक्रामक हुँदा एभिनिरका ३ र बागमतीका कोच सहित २ जनाले पहेँलो कार्ड पाएका थिए । 

खेलको म्यान अफ दि म्याच  घोषित भएका  बागमती युवाका आयुष रानाले नगद १० हजार हात पारेका छन् ।   गोल्ड कपको भोलि हुने प्रतियोगितामा झापाको केएफटिसी र नेपाल पुलिस क्लब बिच खेल आयोजक धरान फुटबल क्लबले जनाएको छ ।