धरान । २३ औँ बूढासुब्बा टुबोर्ग गोल्डकपमा पहिलो पटक केएफटीसी (काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर) उपाधि होडमा पुगेको छ ।
पाहुना टोली भारत कर्साङको युके एफसीलाई ३–१ गोलले पराजित गर्दै उपाधि होडमा पुगेको हो । केएफटीसी १९ औँ बूढासुब्बाले सहभागी टिम हो । केएफटीसीमा सहभागी अधिकांश खेलाडी हिमालय शेर्पाबाट खेल्दै आएका छन् ।
खेलमा अफ्रिकन खेलाडी यमी, सुशील राई र निशान लिम्बूले गोल गर्दा पाहुना टिम युके एफसीबाट हेमराज भुजेलले गोल गरे । हेमराज भारतीय लिग खेलिसकेका खेलाडी हुन् । यता केएफटीसीका निशान लिम्बू पनि ए डिभिजन टिमबाट खेलिसकेका खेलाडी हुन् ।