धरान । अफ्रिकन टोली एभिनियर एफसी २३ औँ बूढासुब्बा टुबोर्ग गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । 

अब काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर (केएफटीसी)सँग शनिबार उपाधिका लागि भिडन्त हुनेछ । प्रतियोगितामा एभिनियरले २–० ले एन्फा मोरङको टिमलाई हराएको छ । खेलको ४४ मिनेटमा एभिनियरका टिम्बाले हेडमार्फत गोल गरे । एभिनियरले दोस्रो गोल उपहारमा प्राप्त ग¥यो । 

उत्तर दक्षिण मैदानमा दक्षिणपश्चिमतर्फको डिबक्स भित्रबाट डिनले गरेको प्रहार धीन विष्टले क्लियर गर्न खोज्दा आफ्नै पोस्टमा गोल लाग्न पुग्यो । 

खेलको म्यान अफ दी म्याच एभिनियरका दिन घोषित हुँदै नगद १० हजार रुपैयाँ पाए ।