धरान । आईसीसी विश्वकप लिग २ को खेलमा आसिफ शेख चम्किँदा नेपालले पपुवा न्यूगिनी (पीएनजी)लाई ३ विकेटले पराजित गरेको छ । यो जितसँगै नेपाल विश्वकपमा छनोट हुने सम्भावनालाई जीवित राखेको छ । 

शुक्रबार दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न खेलमा पीएनजीले दिएको लक्ष्य नेपालले ७ विकेटको क्षतिमा ४८ ओभरमा पूरा ग¥यो । जहाँ ओपनर आसिफले अर्धशतक मात्रै प्रहार गरेनन् । उनी नटआउट ८६ रन जोडे । आसिफले १ सय ३० बलमा दुई चौका र एक छक्का प्रहार गरेका थिए । नेपाललाई पीएनजीले १ सय ८० रनको लक्ष्य दिएको थियो । सुरुवाती खेलमा नेपालका ब्याट्सम्यानहरूले निराशाजन खेल खेले । पीएनजीका खेलाडीले क्रिज र मैदानमा निकै दबाव सिर्जना गरे । नेपालले सुरुवाती चरणमा लगातार विकेट गुमाएको थियो । आसिफ र स्पिनर बलर सन्दीप लामिछानेसँगको साझेदारी निकै उत्कृष्ट रह्यो । फलतः नेपालले पीएनजीलाई मात्रै हराएन । आइसीसी विश्वकपमा नयाँ सम्भावनालाई जीवित राखेको छ । आसिफ र सन्दीपबीच ७७ रनको साझेदारी रह्यो । सन्दीपले पनि नटआउट ३५ रन जोडे । 

५० बल खेलेका उनले ३ चौका प्रहार गरेका थिए । दुईजनाको साझेदारीका कारण खेलमा ट्वीस्ट आएको हो । नेपालको सुरुवाती खेल निकै खराब रहेको थियो । नेपालले इनिङ्सको पहिलो बलमै विकेट गुमाएको थियो । पाँच ओभरभित्र दुई विकेट गुमाउँदा ६ जना ब्याट्सम्यानले दोहोरो अङ्क बनाउन सकेनन् । त्यसको प्रत्यक्ष दबाव आठौँ विकेटका लागि आएका आसिफलाई परेको थियो । तर, उनी धैर्य भएर खेलेका कारण जित सम्भव भएको हो । कुशल भुर्तेल पहिलो बलमै आउट भएका थिए । ज्ञानेन्द्र मल्ल पनि ६ रन नबनाउँदै आउट भए । उनी पाँचौं ओभरको अन्तिम बलमा आउट भएका थिए । दीपेन्द्रसिंह ऐरी एलबीडब्लू आउट भएका थिए । उनले १६ बलमा ८ रन मात्रै जोडेका थिए । दोहोरो अङ्क बनाउनेमा कुशल मल्ल मात्रै भएका थिए । उनले २३ रनको योगदान दिए । आसिफसँग ३१ रनको साझेदारी खेलेपछि उनको विकेट झ¥यो । दुबईमा जारी खेलमा नेपाल, पीएनजी र युएईबीचको त्रिकोणात्मक एकदिवसीय सिरिज जारी छ । शुक्रबारको तेस्रो खेलमा टस जितेर ब्याटिङ गरेको पीएनजीले ४ बल खेल्न बाँकी छँदा अलआउट हुँदै १ सय ७९ रन बनायो । जवाफी पिचमा प्रवेश गरेको नेपालले अन्तिम क्षणमा जित निकाल्न सफल भएको हो । सिरिजको पहिलो खेलमा पीएनजीलाई हराए पनि दोस्रो खेलमा युएईसँग पराजित भएको थियो । सिरिजअन्तर्गत नेपालले अन्तिम खेल सोमबार युएईसँग खेल्दै छ । लिग २ को शीर्ष तीन टिम विश्वकप छनोटमा पुग्नेछन् ।