धरान । २३ औँ बूढासुब्बा टुबोर्ग गोल्डकपको उपाधि क्यामरुनी क्लब एभिनियर एफसीले जितेको छ ।
धरान रंगशालामा शनिबार सम्पन्न फाइनल खेलमा काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर (केएफटीसी)लाई १–० गोलले हराउँदै उपाधि जितेको हो ।
उपाधिसँगै नगद १० हजार रुपैयाँसहित ट्रफी पाएको छ । यता उपविजेता बनेको केएफटीसीले नगद ५ लाख रुपैयाँ पाएको छ । योसँगै १२ दिनअघिको बदला एभिनियरले लिएको छ । दोस्रो हाफको २० औँ मिनेटमा सावाको बायाँ खुट्टाले गरेको प्रहार दोस्रो बार नजिकैबाट जाली चुम्यो ।
खेलमा व्यक्तिगत ट्रफी पनि दिइएको छ । विजेतालाई एन्फाका केन्द्रीय अध्यक्ष पंकजवीक्रम नेम्वाङलगायतले पुरस्कार वितरण गरे । योसँगै बूढासुब्बाको सातवटा ट्रफी विदेशिएको छ ।