विराटनगर । तेस्रो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । फागुन २७ देखि चैत ४ गतेसम्म विराटनगरस्थित जुट मिलको खेल मैदानमा मिल्स गोल्डकप हुने भएको हो । 

प्रतियोगिताको बिजेता  र उपबिजेता हुने टिमलाई यसपटक पुरस्कार राशी आयोजकले बढाएको छ । मिल्स गोल्डकप फुटबल ट्रष्टको आयोजना हुने गोल्डकपको बिजेताले बिजेताले २ लाख ११ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

उपबिजेताले १ लाख ११ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने मिल्स गोल्डकप फुटबल ट्रष्टका कोषाध्यक्ष विष्णु डंगोलले जानकारी दिए । दोस्रो संस्करणमा बिजेताले नगद २ लाख १ हजार र उपबिजेतालाई १ लाख १ हजार रुपैयाँ थियो ।

‘तेस्रो संस्करणको मिल्स गोल्डकपको तयारी अहिले तिव्र रुपम भइरहेको छ,’ उनले भने, ‘अहिले खेलमैदानदेखि टिमहरुको पनि छनौट भइसेको छ ।’ गोल्डकपमा आठ वटा टिमको सहभागिता रहने उनले बताए । गत वर्षको बिजेता टिम प्रतिभा फुटबल क्लब गोलबजार,  साइनो स्पोर्टिङ क्लब रानी, एपिएफ, धरान फुटबल क्लब, धुब्रतारा फुटबल क्लब झापा, सलेह फुटबल क्लब सिराहा, गाइघाट फुटबल क्बल उदयपुर र  युनाइटेड फुटबल क्बल विरगन्ज पर्साको टिम रहेको छ । 

दोस्रो संस्करणमा आयोजक साइनो स्पोर्टिङ क्लबलाई हराउँदै गोलबजारको प्रतिभा फुटबल क्लबले मिल्स गोल्डकपको उपाधि जितेको थियो । पहिलो संस्करणमा एपिएफले गोल्डकपको उपाधि हात पारेको थियो ।