धरान । नेपाल मगर बौद्ध सेवा समाज सुनसरी जिल्ला समितिको प्रथम जिल्ला अधिवेशन सम्पन्न भएको छ ।
शनिबार धरान–१६ स्थित नेपाल मगर सङ्घको भवनमा सम्पन्न अधिवेशनले नरकुमार मगराती मगरको अध्यक्षतामा कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा रामलाल राना मगर, सचिवमा नाखान चक्र थापा मगर र सदस्यहरूमा मोहनसिंह आले मगर, राजकुमार राना मगर र गणेश थापा मगर चयन भएका छन् ।
नेपाल मगर बौद्ध सेवा समाज कोशी प्रदेश समितिका कार्यवाहक अध्यक्ष चित्र थापा मगरको प्रमुख आतिथ्य तथा नरकुमार मगराती मगरको अध्यक्षतामा सम्पन्न अधिवेशनमा नेपाल मगर सङ्घ सुनसरी जिल्ला समितिका अध्यक्ष तुफान आले मगर विशेष अतिथि रहेका थिए ।