धरान । विश्व रोटर्याक्ट सप्ताहको अवसर पारेर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको रोटर्याक्ट क्लबले सन्देशमूलक सडक नाटक प्रस्तुत गरेको छ ।
प्रतिष्ठानमा रहेको रोट¥याक्ट क्लब धरान घोपाले लागूऔषध दुरुपयोग र ट्राफिक सचेतनाका विषयबारे पनि जानकारी गराएको थियो । त्यसक्रममा सडक दुर्घटनाबाट हुने क्षतिको विषयलाई जानकारी गराउने उद्देश्यले सडक नाटक प्रस्तुत गरिएको हो ।
त्यस्तै लागूऔषध दुरुपयोग रोक्ने उपाय, मदिरा र सुर्तीजन्य पदार्थको असरबारे पनि जानकारी गराइएको सहभागीले जानकारी दिए । कुल २४ जना सहभागीले फ्ल्यास मोब गरेको अध्यक्ष ऋतिकराज पासवानले जानकारी दिए ।