भद्रपुर । झापाको भद्रपुर नगरपालिका–३ भैंसाबाडीमा माछा मार्ने क्रममा पोखरीमा डुबेर एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भद्रपुर नगरपालिका–१ का ४० वर्षीय रामकुमार लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ  । पोखरीमा माछा मार्ने क्रममा डुबेर बेपत्ता भएको भन्ने जानकारी प्राप्त हुनासाथ स्थानीय र इलाका प्रहरी कार्यालय पृथ्वीनगरबाट खटिएको प्रहरी टोलीले पोखरीमा खोजतालास गर्ने क्रममा लिम्बूलाई मृत अवस्थामा फेला पारेको जिल्लाका डिएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।

मृत अवस्थामा फेला परेका लिम्बूको कानूनी प्रक्रिया पूरा गरी प्रादेशिक अस्पताल भद्रपुरमा पोष्टमार्टमपश्चात् शव आफन्तलाई जिम्मा बुझाएको र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।