वराहक्षेत्र । वराहक्षेत्र नगरपालिकामा जारी वडास्तरीय वराहक्षेत्र मेयर लिग कप रनिङ शिल्ड फुटबल प्रतियोगिता अन्तर्गत सोमबार भएको वडा नं. ८ र वडा नं. १० बीचको पहिलो खेल बराबरीमा टुङ्गिएको छ । १–१ गोलले बराबर भएपछि दुवै टिमले १–१ अङ्क बाँडेका थिए ।

खेलको पहिलो हाफमा वडा नं. १० ले अग्रता बनाउँदै २८ औं मिनेटमा खेलाडी भोजराज राईले १ गोल गरेका थिए । दोस्रो हाफ मा खेल प्रदर्शन गर्दै वडा नं. ८ ले ६० औं मिनेटमा १ गोल गरी खेल बराबर बनाएको थियो । खेलको म्यान अफ द म्याच घोषित हुँदै  वडा नं. ८ का टिम क्याप्टेन रमेश मुखियाले नगद २ हजार १ सय प्राप्त गरे ।

दोस्रो खेलमा वडा नं. २ ले वडा नं. ११ विरुद्ध ७–० गोलले जित हात पा¥यो । जितसँगै टिमले  पहिलो प्रयासमा ३ अङ्क जोडेको छ । वडा नं. २ टिमका खेलाडी दीपेश तामाङले पहिलो मिनेटमै गोल गर्दै जितको खाता खोलेका थिए । टिम क्याप्टेन वर्तमान राईले १९ औं मिनेटमा दोस्रो गोल गरे । दोस्रो हाफको सातौं र नवौं मिनेटमा गोल गर्दै दीपेशले ह्याट्रिक पूरा गरे । उनले २४ र ३४ औं मिनेटमा पुनः गोल गरी खेललाई टिमको एकलौटी बनाएका थिए ।

म्यान अफ द म्याच दीपेशले नगद २ हजार १ सय रुपैयाँ पुरस्कार प्राप्त गरे । मेयर कप फुटबल प्रतियोगिता अन्तर्गत आज (मङ्गलबार) हुने खेलमा वडा नं. ५ र ६ तथा वडा नं. १ र ४ भिड्नेछन् ।