सुनसरी र धनकुटाकाे विभिन्न स्थानमा सावारी दुर्घना हुँदा ३ जनाकाे मृत्यु भएकाे छ भने १ जना घाइते भएकाे काेशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएकाे छ ।
कार्यालयका अनुसार गयराती इटहरी उपमहानगरपालिका २० स्थित कोशी लोकमार्ग ना. ६ ख १७२४ नम्बरको ट्रकले बा. ९४ प ७१६० नम्बरको मोटरसाइकललाई ठक्कर दिदा माेटरसाइकल चालक खोटाङ केपिलासगढि गाउँपालिका ७ का २९ बर्षीय निशान राई र पछाडि सवार धरान १५ कि २४ बर्षीया जेनिशा राई गम्भिर घाइते भउका थिए ।
घाइते दुबैजनाकाे उपचारका लागि धरान स्थित वीपी काेइराला स्वास्थ विज्ञान प्रतिष्ठान धरान ल्याइएकाेमा उपचारकाे क्रममा जेनिशा मृत्यु भएकाे कार्यालयले जनाएकाे छ ।
त्यस्तै, गयराति पौने ८ बजे सुनसरीको दुहबी नगरपालिका ८ कोशी राजमार्ग स्थितमा ध १ ख ६४७ नम्बरको बसले सर्लाही मलङग्वा ७ घर भई पशुपति आइरन फ्याक्ट्रीमा काम गर्दै आएका पैदल यात्री २८ बर्षीय रबिन्द्र महरालाई ठक्कर दिएकाे थियाे । बसकाे ठक्करबाट घाइते भएका महराको उपचारको क्रममा बिराट नर्सिङ होम बिराटनगरमा मृत्यु भएको उक्त कार्यालयले जनाएकाे छ ।
त्यसैगरी, हिजो दिउँसो ३ बजे धनकुटाको महालक्ष्मी नगरपालिका ४ स्थित मुढे–लेगुवा सडक खण्डमा को २ त ७३६ नम्बरको खाली ट्याक्टर अनियन्त्रित भई सडकको भित्तामा ठोक्किई दुर्घटना हुँदा चालक संखुवासभा मादि नगरपालिका ९ का ३० बर्षीय गुणन बिश्वकर्माको घटना स्थलमा नै मृत्यु भएको उक्त कार्यलयले जनाएकाे छ ।