पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिकामा संचालन हुने “कुम्मायक गोल्डकप” प्रतियोगितामा भोली कुम्मायक गाउँपालिका र फालेलुङ गाउँपालिका भिड्ने भएका छन । पालिका स्तरीय आमन्त्रण गोल्डकपको उद्धघाटन खेलमा भोली दुबै गाउँपालिका वीच प्रतिस्प्रिधा हुन लागेको हो । चैत ११ गतेदेखि १५ गतेसम्म संचालन हुने प्रतियोगितामा जिल्लाका आठ टीम सहभागी रहने छन । 

कुम्मायक–४ स्थीत पृथ्वी मा.वि. को खेल मैदानमा सुरु हुन लागेको प्रतियोगितामा सहभागी हुने आठ वटै पालिकाका खेलाडीहरुलाई यातायात, खाने बस्ने व्यवस्थापन आयोजकले गर्ने कुम्मायक स्पोटिङ क्वलका अध्यक्ष रोहन घिमिरेले बताए । कुम्मायक गाउँपालिकाले प्रत्येक खेलमा सहभागी खेलाडीलाई जनही एक हजारको दरले रकम दिने जनाएको छ । खेलाडी प्रोत्साहन गर्न सो रकम दिने कुम्मायक १ का वडाअध्यक्ष देबेन्द्रकुमार लावतीले जनाए । साथै पालिकामा बसेको कार्यपालिको निणर्य अनुसार लावतीलाई मुख्य प्रशिक्षको रुपमा चयन समेत गरेको गाउँपालिकाले जनाएको छ 

प्रतियोगिताको प्रथम हुने टिमले नगद एक लाख ११ हजार एक सय ११ नगद पुरस्कार सहित तीन बर्षे रनिङ ट्रफ, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ । उपबिजेता टिमले नगद ५५ हजार पाँच सय ५५ रुपैँया सहित ट्रफी मेडल र प्रमाणपत्र पाउने छन । पाँच दिनसम्म सञ्चालन हुने प्रतियोगिता सम्पन्न गर्न २० लाख ८५ हजार एक सय ६६ रुपैँया आवश्यक पर्ने अनुमान गरिएको छ ।