धनकुटा । धनकुटा नगरपालिका वडा नं.७ हुलाकटोलमा रहेको जनविश्वास अफसेट प्रेसमा विधुत सर्ट भएर मंगलवार विहान ६.३० वजे आगलागी भएको छ ।
आगलागीबाट ५० लाख भन्दा वढी क्षति भएको प्रहरीले जनाएको छ । प्रेस संचालक होम नेम्वाङका अनुसार आफूलाई छरछिमेकीले फोन गरेपछि मात्र थाहा भएको वताए । उनले आगलागीबाट आफसेट प्रेस भएको कोठको सम्पुर्ण सामाग्री जलेर नष्ट भएको छ । अफसेट प्रेस, ग्राहक अडरका सामाग्री र नयाँ कागज लगायतका आवश्याक वस्तु सम्पुर्ण जलेर नष्ट हुँदा ५० लाख भन्दा वढी क्षति भएको हो ।
आगो बिहान उज्यालो भएर लागेको कारण चाँडै स्थानियले देखेकाले नियन्त्रण गर्न सहज भएको थियो । रातको समयमा आगलागी भएर घट्ना घटेको भए धनकुटा बजारमा निक्कै ठूलो क्षति हुन सक्ने थियो । किन भने जनविश्वास अफसेट प्रेस भएको स्थान धनकुटा वजारको मुटु हुलाकटामा पर्दछ । समयमा धनकुटा नगरपालिकाबाट दमकल नआएको भए धनकुटा वजार खरानी हुने अवस्था थियो ।
आगलागी धनकुटा नगरपालिकको २ वटा दमकल, जनपथ प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना लागेर नियन्त्रणमा लिएका थिए । आगलागीको कारण प्रेस अथार्थ छापाखानाको कुनै पनि सामन प्रयोगमा नआउने गरी जलेको संचालक होम नेम्वाङले बताए ।