इटहरी । इटहरीमा जन्मेर काठमाडौंलाई कर्मथलो बनाएका देशबन्धु बस्नेतले इटहरीमा एकपछि अर्को लगानीका क्षेत्र विस्तार गरेका छन् ।
एबी होल्डिङ्सका सञ्चालक बस्नेतले इटहरीमा निर्माण गरिरहेको पाँचतारे होटलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । ८० वटा अत्याधुनिक कोठासहितको आठ तलाको उक्त होटल आगामी दशैंअघि सञ्चालनमा ल्याउने गरी काम भइरहेको हो ।
इटहरीको वडा नं. ९ मा इटहरी अस्पताल छेउमै बनिरहेको होटललाई ‘ग्राण्ड सेन्ट्रल’ नाम दिइएको छ । भारतबाट नेपाल आउने पर्यटक तथा व्यवसायीहरूलाई लक्षित गरिएको उक्त होटललाई प्रदेशको पर्यटन र बिजनेसका गतिविधिहरूसँग जोडेर अघि बढाउने लक्ष्य लिइएको छ । होटललाई विश्वस्तरीय होटल ब्राण्डसँग जोड्नेसमेत तयारी भइरहेको कम्पनीका सञ्चालक तथा उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य देशबन्धु बस्नेत (अजित) ले जानकारी दिएका छन् ।
होटलमा स्विमिङ पुल, जिम क्लब, स्पा, साउना बाथलगायत विश्वस्तरका होटलमा हुने सबै सुविधा उपलब्ध हुने जनाइएको छ । आफ्ना ग्राहकहरूलाई बढीभन्दा बढी सुविधा दिने उद्देश्यले विशेष अवधारणामा होटल सञ्चालनमा ल्याउन लागिएको कम्पनीले जानकारी दिएको छ । बस्नेत उद्योग वाणिज्य सङ्घ इटहरीका संस्थापक अध्यक्ष चन्द्रबहादुर बस्नेतका छोरासमेत हुन् । चन्द्रबहादुर बस्नेतले ४० वर्षअघि थालेको इँटा उद्योग जयश्री इँटा उद्योगलाईसमेत देशबन्धुले निरन्तरता दिएका छन् ।
इटहरीमा योबाहेक अर्को एउटा मनोरञ्जनात्मक पार्क निर्माण गर्ने तयारी गरेको छ । पार्कमा खेल, खाना, मनोरञ्जनका विभिन्न सुविधा हुनेछन् । यस्तै हाउजिङसमेत बनाउने तयारी गरिएको छ ।
बस्नेतले आफ्नो ठाउँको विकासको लागि इटहरी र आसपासमा विभिन्न व्यावसायिक परियोजनाहरूमा लगानी गरिरहेको जानकारी दिएका छन् । उनले इटहरीको विकासको लागि यहाँको सामाजिक, आर्थिक क्षेत्रमासमेत आफू इटहरीलाई सहयोग गर्न तयार रहेको बताएका छन् ।
त्यसो त उनी उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्यसमेत हुन् । उनी उद्योगी व्यवसायीहरूमाझ लोकप्रिय युवा व्यवसायीका रूपमा स्थापित छन् । महासङ्घमा पनि उनले त्यहाँ द्विराष्ट्रिय एवम् गैरआवासीय नेपाली समन्वय फोरमको अध्यक्षको भूमिका र जिम्मेवारी पाएका छन् । यस्तै उनी जाम्बियाका लागि नेपालका मानार्थ वाणिज्य दूतसमेत हुन् । उक्त समितिमार्फत् उनले सिङ्गो अफ्रिका महादेशसँग नै राम्रो सम्बन्ध विस्तार गर्न पहल गरिरहेका छन् ।
व्यवसायका विभिन्न क्षेत्रमा लगानी विस्तार
विभिन्न अवसरका क्षेत्रमा लगानी गर्नको लागि एबी इन्भेस्टमेन्ट कम्पनी सञ्चालनमा ल्याएको उनको कम्पनीले पूर्वाधार निर्माणको क्षेत्रमा काम गर्नको लागि एबी इन्फ्रा डेभलपर प्रालि सञ्चालन गरिरहेको छ । यो कम्पनीले आफै वा ज्वाइन्ट भेन्चरमा पूर्वाधार निर्माणका क्षेत्रमा काम गर्ने गर्छ । कम्पनीले शिक्षा, प्रविधि र ऊर्जाको क्षेत्रमा पनि रिसर्च गरी लगानी गर्नको लागि योजना अघि बढाएको छ । यसबाहेक देशका विभिन्न ठाउँमा कम्पनीले होटल, पार्क, रिसोर्ट, स्वास्थ्य तथा निर्माणका क्षेत्रमा पनि काम गरिरहेको छ ।
काठमाडौंमा पाँच तारे मक्र्युअर होटल
होल्डिङ्सको लगानीमा काठमाडांैमा यसअघि नै एकोर ग्रुपको व्यवस्थापनमा पाँच तारे ‘मक्र्युअर होटल’ सञ्चालनमा आउने तयारी भइसकेको छ । एसिया, युरोप, अफ्रिका एवम् मध्यपूर्वका १ सय बढी देशका ५ हजार ३ सय बढी होटलको व्यवस्थापन हेरिरहेको विश्वकै चर्चित समुह एकोर गु्रपको व्यवस्थापन रहने १० तले उक्त होटलमा १ सय ५ वटा कोठाहरू छन् । यो होटल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, व्यापार केन्द्रहरू, कर्पोरेट भवनका साथै फिटनेस केन्द्रहरूको नजिक छ । जसले गर्दा धेरैभन्दा धेरै मानिसहरूलाई रेष्टुरेन्टको साथै सेमिनार, बैठक र सम्मेलनहरूको सुविधा उपलब्ध गराउने विश्वास गरिएको छ ।
मनकामना रिट्रिट रिसोर्ट एण्ड स्पा होटल
गोरखाको मनकामना मन्दिरछेउमा सबैभन्दा ठूलो लगानीमा मनकामना रिट्रिट रिसोर्ट एण्ड स्पा होटल निर्माण गरिरहेको छ । शान्त र प्राकृतिक वातावरणहरूका बीच निर्माण गरिरहेको उक्त रिसोर्ट ४८ वटा कोठासहितको सुविधासम्पन्न हुनेछ । रिसोर्ट होटलको व्यवस्थापनको जिम्मा भारतको सरोवर ग्रुपले लिइसकेको छ । मन्दिर घुम्न आउने पर्यटकहरूको लागि उक्त रिसोर्टले खाना तथा आवासलगायतका सुविधा उपलब्ध गराउनेछ ।
स्वास्थ्यमा सुविधासम्पन्न ल्याव र आइकेयर
कम्पनीले स्वास्थ्य क्षेत्रमा समेत लगानी गरेको छ । ओम नर्सिङ होममा ओम हेल्थ केयर एण्ड डाइग्नोटिक्स सेन्टर सञ्चालनमा छ । यहाँ बिरामीहरूले सुविधाजनक तरिकाले स्तरीय रेडियोलोजी सुविधा पाउनेछन् । काठमाडौंमा रहेको ओम अस्पतालसँगै रहेको यो ल्यावले स्तरीय एमआरआई स्क्यान सुविधा दिएको छ । यस्तै काठमाडांैमै आँखाका बिरामीहरूको लागि ओम हेल्थ इमेजिङ स्थापना गरी सञ्चालनमा ल्याएको छ ।