विराटनगर । लघुवित्तीय संस्थाले मनपरी ब्याजदर कायम गरी दिएकोे ऋण मिनाहा गरिनुपर्ने माग राख्दै विराटनगरमा आन्दोलन सुरु भएको छ । लघुवित्तीय संस्थाविरुद्धको सङ्घर्ष समितिले विराटनगरस्थित जिल्ला प्रशासन कार्यालय मोरङअगाडि प्रदर्शन गरेको हो ।

उनीहरूले चर्को ब्याजदरले गरिबलाई लगाएको ऋण मिनाहा गरिनुपर्ने माग राख्दै दिनभरि जिल्ला प्रशासन कार्यालयअगाडि धर्ना दिए ।

लघुवित्तले मनपरी तरिकाले ब्याजदर कायम गरी दिएको ऋणको कारणले विपन्न परिवारले आत्महत्या गर्नुपर्ने अवस्था सिर्जना भएको भन्दै ऋण मिनाहा गरिनुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएको लघुवित्तीय संस्थाविरुद्ध सङ्घर्ष समितिका अध्यक्ष सुशिला थापाले बताइन् । माग पूरा नभएसम्म लघुवित्तीय संस्थाविरुद्ध आन्दोलन जारी रहने उनले बताइन् ।