विराटनगर । लघुवित्तिय संस्थाले मनपरी ब्याजदर कायम गरी दिएकोे ऋण मिनाहा गरिनुपर्ने माग राख्दै विराटनगरमा आन्दोलन सुरु भएको छ । लघुवित्तिय संस्था विरुद्धको संघर्ष समितिले विराटनगरस्थित जिल्ला प्रशासन कार्यालय मोरङ अगाडी प्रद्र्धशन गरेका हुन् ।

उनीहरुले चर्को ब्याजदरले गरिवलाई लगाएको ऋण मिनाहा गरिनुपर्ने माग राख्दै दिनभरी जिल्ला प्रशासन कार्यालय अगाडी धर्ना दिए । लघुवित्तियको मनपरी तरिकाले ब्याजदर कायम गरी दिएको ऋणको कारणले आर्थिक विपन्न परिवारले आत्महत्या गर्नुपर्ने अवस्था सहजना भएको भन्दै ऋण मिनाहा गरिनुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएको लघुवित्तिय संस्था विरुद्ध संघर्ष समितिका अध्यक्ष सशिला थापाले बताइन् । माग पुरा नभएसम्म लघुवित्तय संस्था विरुद्ध आन्दोलन जारी रहने उनले बताइन् ।