देउराली । धरान उपमहानगरपालिका नगरप्रमुख हर्कराज राईको सञ्चारमाध्यम तथा त्यसमा कार्यरत पत्रकार माथिको अभद्र अभिव्यक्ति प्रति सामाजिक सञ्जालमा तीव्र आलोचना भएको छ ।
उनले पत्रकार लक्षित गरेको फेसबुक पोस्टमा नै मानिसहरूले नगरप्रमुख राईको आलोचना गरेका छन् । आलोचनामा मेयर साम्पाङले पत्रकारले लगाएको आरोपको खण्डन गर्नुको साटो सामाजिक सञ्जालको प्रयोग गरेर पत्रकारलाई गाली गलौच गर्दै विषयअन्तर गर्न खोजेको भन्दै आलोचना गरेका छन् ।
धरान नगरमा फेरि पनि गुपचुप कर्मचारी नियुक्त (blastkhabar.com)
उनको पोस्टमा प्रतिक्रिया दिने धेरैले राईलाई भाइ, जेठान, ज्वाइँ लगाएका नातेदारलाई जागिर खुवाएको हो वा हैन प्रस्ट पार्न समेत आग्रह गरेका छन् ।
पछिल्लो उनको पोस्टलाई लिएर साम्पाङले नातेदारलाई जागिर खुवाएको स्वीकार गरेको देखिएको प्रतिक्रियाहरू आइरहेका छन् । कतिपयले नगरप्रमुख राईमा मपाँइत्व बढेको भन्दै भाषा चयन राम्रो नभएको प्रतिक्रिया छन् ।
सामाजिक सञ्जाल प्रयोग कर्ताले पत्रकारलाई आधिकारी धारणा सार्वजनिक गर्न वा गलत भए कानुनी उपचार खोज्न सुझाव दिएका छन् । धेरैले पत्रकार माथिको नगरप्रमुख राईको अभिव्यक्ति सिङ्गो सञ्चार क्षेत्र तथा अभिव्यक्ति स्वतन्त्रता माथिको प्रहार भएको भन्दै विरोध समेत गरेका छन् ।
नगरप्रमुख साम्पाङकाे अभद्र व्यवहारप्रति पत्रकार महासङ्घको ध्यानाकर्षण (blastkhabar.com)