देउराली । धरान उपमहानगरपालिकाका नगर प्रमुख हर्क साम्पाङ विरुद्ध मानव अधिकार आयोगमा उजुरी परेको छ ।
साम्पाङले सामाजिक सञ्जाल मार्फत धम्की दिने र समर्थकलाई गालीगलौज गर्न उक्साएको भन्दै नेपाल पत्रकार महासंघ सुनसरीका पूर्व अध्यक्ष पत्रकार केशव घिमिरेले उजुरी दिएका हुन् ।
मेयर साब! हातेमालो गर्न ढिला भयो है
हर्क साम्पाङलाई वाइसिएलले दियाे आन्दोलनमा उत्रने चेतावनी
उनले बैशाख २० गते प्रेस स्वतन्त्रता दिवसको अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा विचार व्यक्त गरेको विषयलाई लिएर नगर प्रमुख साम्पाङले कार्यालयमा हाजिर हुन र आफ्नो सामु बयान दिन भन्दै पटक पटक धम्की दिँदै आएका थिए ।
घिमिरेले नेपालको संविधानले प्रदान गरेको मौलिक हक, नागरिक तथा राजनैतिक अधिकार सम्बन्धी अनुबन्ध १९६६, मानव अधिकारको विश्वव्यापी घोषणा पत्र १९४८ ले प्रदान गरेको भयरहित वातावरणमा सम्मानपूर्वक बाच्न पाउने मानव अधिकारको हनन भएकाले न्यायका लागि पहल गरिदिन मानव अधिकार आयोगमा उजुरी दिएको कार्यालयले जनाएको छ ।
त्यस्तै, कार्यालयले उक्त घटनाको सम्बन्धमा नेपाल पत्रकार महासंघ जिल्ला सुनसरीको प्रतिक्रियाको माग गरेको छ ।
किर्ते हस्ताक्षर गरी ज्ञापन पत्र बुझाउने श्रेष्ठ विरूद्द १४ वटा टिएलओले दियाे निवेदन
नगरप्रमुख हर्कराजले मुद्दा फिर्ता लिन दबाब दिए – २८ जनप्रतिनिधि
धरान १७ काे वडा कार्यालयमा अभद्र व्यवहार गरेको अभियोगमा पक्राउ परेका तीन जना माथि म्याद थप
धरान १७ को घटना: नगरप्रमुख समर्थक र वडाध्यक्ष समर्थत अमने सामने (भिडियाेसहित)