विराटनगर ।  विराटनगरमा एक जना महिलाले आत्मदाहा गरेकी छिन् । विराटनगर १० तीनटोलीया घर भएकी ४० वर्षीया आशा शर्माले शुक्रबार आत्मदाहा गरेकी हुन् । 

श्रीमानसँग घरयासी झगडा भएपछि शर्माले घरमा बालेको टुकीमा रहेको मट्टेतेल खनाएर आत्मदाह गरेको मोरङ प्रहरीका प्रवक्ता डिएपी रन्जनकुमार दाहालले जानकारी दिए । मट्टीतेल खनाएर आगोलगाएपछि उनी घाइते भएकी थिइन् । उपचारको लागि परिवारले विराटनगरस्थित कोशी अस्पताल लगेको थियो । उपचारको क्रममा शुक्रबार राती चिकित्सकले मृत घोषणा गरेको मोरङ प्रहरीले जनाएको छ । 

मृतक शर्माको श्रीमान र दुई जना छोरा र छोरी रहको छन् ।