धनकुटा । ‘प्लाष्टिक जन्य प्रदुषण निर्मूल पारौं, वातवरण मैत्री विकल्पको उपयोग गरौं’ भन्ने मूल नाराको साथ धनकुटामा आइतबार वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ ।
विश्व वातवरण दिवश–२०८० को अवसर पारेर भीमदल गण धनकुटा र डिभिजन वन कार्यालय धनकुटाको संयुक्त आयोजनामा सल्लेरी बन भित्रको व्यारेक परिशरमा विभिन्न प्रजातिका वृक्षारोपण गरिएको हो ।
वृक्षारोपण रोपण कार्यक्रम आयोजना गर्नु पुर्व डिभिजन बन कार्यालय धनकुटाका डिभिजन बन अधिकृत भरतवावु श्रेष्ठले कार्यक्रमको औचित्य माथि प्रकास पारेका थिए । भीमदल गण सल्लेरी व्यारेक धनकुटाको व्यवस्थापनमा सम्पन्न भएको वृक्षरोपण कार्यक्रमलाई सम्वोधन गर्दै डिभिजन वन अधिकृत श्रेष्ठले भने–‘सन् १९७२ को जुन महिनाको ५ तारिख देखि १६ तारेखसम्म विश्वभरीका राष्ट्रध्यक्षहरुले स्वीडेनको स्टकहोममा वातवरण सम्मेलन सम्पन्न गरेका थिए ।’
उक्त सम्मेलन जलवायू परिवर्तनको असर र प्रभावको कारण गिर्दै गएको वारवरणलाई संरक्षण गर्नको लागि अत्यन्तै महत्वपुर्ण थियो । विश्वका शक्तिशाली राष्ट्रहरुले प्राकृतिक स्रोत दोहन गरेको कारण वातवरण विग्रीएर समश्या सृजना भईरहेको अवस्था थियो । तसर्थः प्राकृतिक संरक्षणको सन्दर्भमा उक्त सम्मेलनले महत्वपूर्ण निर्णय गरेको डिभिजन वन अधिकृत श्रेष्ठले स्पष्ट पारे । उनले भने–‘आज त्यहि दिनलाई सम्झेर जुन–५ गतेका दिन विश्वभर वातवरण दिवश मनाउने गरेका छौं ।’
प्रमुख श्रेष्ठले भने–‘विश्वमा जलवायू परिवर्तनको कारण वायूमण्डलमा अत्याधिक मात्रामा देखिएको हरितगृह ग्याँसको उत्सर्जन हुनुले हो ।’ ‘जस्ले गर्दा मानव जगतको अस्तित्व संकटमा परिरहेको छ’–श्रेष्ठले थपे । सो अवसरमा विभिन्न सरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधिहरु, सामाजिक संघ संस्थाका अगुवाहरु, संचारकर्मी, नेपाली सेनाले संयुक्त रुपमा एभोकाडो, कागती, अम्बा लगायतको २ सय भन्दा वढी विभिन्न प्रजातिका वृक्षारोपण गरेका थिए ।
जिल्ला समन्वय समिति धनकुटाका प्रमुख निरेन तामाङको अध्यक्षतामा सम्पन्न वृक्षारोपण कार्यक्रममा भमिदल गण धनकुटाका प्रमुख सेनानी सुमन थापा, सामुदायिक वन उपभोक्ता महासंघ धनकुटाका अध्यक्ष नील वहादुर थापा लगायतले कार्यक्रम सफलताको लागि शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
