विजयपुर । टेम्के मैयुङ गाउँपालिकाका सव–इन्जिनियर मन्दिप राईको खोलाले बगाउँदा मृत्यु भएको छ ।
बुधबार राति खोलाले बगाउँदा राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख डिएसपी सरतकुमार थापा क्षेत्रीले जानकारी दिए । उनका अनुसार ३२ वर्षीय सव–इन्जिनियर राईलाई टेम्के मैयुङ–९ स्थित राउते खोलाले बुधबार राति ११ बजे बगाएको थियो ।
थुनिएको खोला खोलिएर आउँदा उनलाई बगाएको हो । डिएसपी क्षेत्रीले जेसिबीद्वारा खोला डाइभर्सन गर्ने क्रममा खोलिएर बाढी आउँदा राईलाई बगाएको बताए । राईको शव घटनास्थलबाट ३ मिलोमिटर टाढा फेला परेको थियो । बिहीबार पोष्टमार्टम गरेर परिवारले शव लगेको डिएसपी क्षेत्रीले बताए ।