धरान । झापा कारागार भद्रपुरमा रहेका एक कैदीबन्दीको मृत्यु भएको छ ।

मेचीनगर नगरपालिका–६ का २८ वर्षीय दीपेन्द्र भनिने देवेन्द्र थापाको मृत्यु भएको झापा कारागार प्रशासनले जनाएको छ । आइतबार साँझ उनको स्वास्थ्यमा अचानक समस्या देखिएपछि प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियो । उनको उपचारको क्रममा सोही असपतालमा मृत्यु भएको झापा गारागार प्रमुख मोहनलाल पनेरुले जानकारी दिए ।

उनी लागूऔषध मुद्दामा २०७८ साल असार १६ गतेदेखि जेलजीवन बिताइरहेका थिए । झापा जिल्ला अदालतले उनलाई ५ वर्षको कैद फैसला सुनाएको थियो ।