धरान । नेपाल प्रेस युनियन सुनसरीले पत्रकारको क्षमता विकासका लागि सुनसरीको हरिनगरा गाउँपालिकामा बिहीबार एकदिने प्रशिक्षण सञ्चालन गरेको छ ।
गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले कार्यक्रमको उद्घाटन गरे । तालिममा पत्रकारिताका आचारसंहिता, पत्रकारितामा प्रविधिको प्रयोगलगायतका विषयमा जानकारी दिइएको थियो । पत्रकार कृष्ण अधिकारी, अमर खड्का, चेतन धमलालगायतले सहजीकरण गरेका थिए ।
प्रेस युनियन सुनसरीका अध्यक्ष धु्रव ढकालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । तालिममा सुनसरीका ४० भन्दा बढी सक्रिय पत्रकारहरू सहभागी रहेका थिए ।