धरानस्थित युएन कलेजले मल्टिपर्पोजेज बेकरी सन्चालन गर्ने भएको छ ।

युएन कलेज एण्ड नवोदय प्लस टुले धरान १६ स्थित पुरानो मालपोत कार्यालय अगाडि युएन बेकरी एण्ड क्याफे सन्चालनमा ल्याउन लागेको शनिबार कलेजमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएको छ ।



होटलम्यानेजमेन्ट र हस्पिटालिटी क्षेत्रमा दशक पार गरेको युएन नवोदय कलेजले शिक्षासँगै उत्पादन बिक्रीवितरण र  मार्केटिङ व्यवसायलाई जोड्ने एउटा प्रयास स्वरुप बेकरी क्याफे सन्चालनमा ल्याउन लागेको क्याम्पस प्रमुख डम्बर तुम्बापोले जानकारी दिए ।

'विद्यार्थीका लागि पढ्दै कमाउँदै अभियानअन्तर्गत पनि हामीले बेकरी एण्ड क्याफे सन्चालनमा ल्याउँदैछौ,' क्याम्पस प्रमुख तुम्बापोले भने, 'बेकरी एण्ड क्याफे 'टिचिङ होटल स्कुल' अवधारणाको प्रारम्भिक रुप हो ।'

युएन बेकरी क्याफेले धरानको कोसेलीको रुपमा'धरानको मिठाई'को पनि प्रवर्धन गर्ने योजना ल्याएको छ ।
UN Bekary Cafe_Press Meet_blastkhabar (1)

कलेजले सर्टटर्म ट्रेनिङका कोर्सहरु समेत बेकरीमा सन्चालन गर्ने छ । 'वारिस्टा पेस्ट्री सर्टटर्म ट्रेनिङसमेत सन्चालनका लागि माग हुने गरेको छ, र सर्टिफिकेट समेत दिने हाम्रो योजना छ,' क्याम्पस प्रमुख तुम्बापोले भने, सिटिभिटीका केही कोर्स ल्याउने सर्ट ट्रम ट्रेनिङहरु सन्चालन गर्ने योजनासमेत रहेको छ ।'
कलेजले निकट भविष्यमा पार्टी प्यालेस, बैङ्क्वेट र होटलमा समेत लगानी गर्ने कलेज प्रमुख तुम्बापोले बताए । हाल १ करोड रुपैयाँको लगानीमा बेकरी सुरुवात गर्न लागेको हो । कलेजले बेकरीको डिजाइन प्रेजेन्टेसनसमेत प्रस्तुत गरेको थियो ।

कलेजले निकट भविष्यमा पार्टी प्यालेस, बैङ्क्वेट र होटलमा समेत लगानी गर्ने कलेज प्रमुख तुम्बापोले जानकारी दिए । 'बेकरी एण्ड क्याफे भदौ अन्तिमदेखि वा साउन पहिलो हप्ताबाट सुरु हुनेछ', क्याम्पस प्रमुख तुम्बापोले भने,'फुलफ्लेजमा चाडपर्वबाटै सुरु हुने छ, त्यसबेला विशेष ओपनिङ समेत गर्ने छौं ।'

विद्यार्थीलाई सीप संस्कारयुक्त बनाउने प्रयास स्वरुप कलेजले शिक्षा र उत्पादनलाई जोडेको कलेजका अध्यक्ष तथा प्रबन्ध निर्देश ज्ञानेश्वर झाले बताए ।
'स्टुडेण्ट्सलाई एक्सपोजर दिने, प्रोफेस्नल र स्किलफुल बनाउने एउटा स्टेपका रुपमा कलेज अघि बढेको छ,' अध्यक्ष झाले भने ।
UN Bekary Cafe_Press Meet_blastkhabar (2)

युएन कलेजले धरानमा रहेर कोशी प्रदेशमा होटल म्यानेजमेन्ट र हस्पिटालिटीलाई संस्थागत गर्ने र प्रवर्धन काम गर्दै आएको छ ।
होटल म्यानेजमेन्ट विषयलाई ब्राण्डका रुपमा स्थापित गर्ने, होटल टुरिजम र हस्पिटालिटीमा मेनपावर उत्पादन गर्ने प्रमुख केन्द्रका रुपमा युएन कलेजले पहिचान बनाएको छ ।
कक्षा ११-१२ सहित त्रिभुवन विश्व विद्यालयबाट सम्बन्धन प्राप्त बीएचएम र बीबीएसका कक्षा कलेजले सन्चालन गर्दै आएको छ ।