उदयपुरगढी गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सोमबार राती ८ बजे गाईघाटबाट कटारी तर्फ जाँदै गरेको प्र. २–०१–००३ प ९१११ नम्बरको मोटरसाइकल  गाउँपालिकाको २ नम्बर वडा स्थित  मदन भण्डारी राजमार्ग दुर्घटना भएको थियो । 

 आफै अनियन्त्रित भई दुर्घटना भएको उक्त मोटरसाइकलमा पछाडि सवार  सर्लाहीका ४५ वर्षीय रमेश सुबेदीको  जिल्ला अस्पताल उदयपुर गाईघाटमा उपचारको क्रममा मृत्यु  भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । 

कार्यालयका अनुसार मोटरसाइकल चालक  सप्तरीकै ४५ वर्षीय उपेन्द्र यादवलाई नियन्त्रणमा लिइ घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।