धरानस्थित सामाजिक संस्था 'होप धरान'ले भोक राहतका लागि एक रुपैयाँ सहयोग कार्यक्रमअन्तर्गत सहयोग आदान-प्रदान गरेको छ ।

संस्थाले अपाङ्गता भएका, अग्निपीडित र क्यान्सरपीडितलाई धरानमा एक कार्यक्रमका बीच आज जिन्सी तथा नगद सहयोग गरेको छ । यस्तै संस्थालाई विभिन्न सहयोगी दाताले नगद प्रदान गरेका छन् ।

Hope Dharan

धरान ६ की अपाङ्गता भएकी अन्जु विश्वकर्मालाई ह्विल चेयर प्रदान गरिएको छ भने अग्नीपीडित खड्का परिवारलाई नगद सहयोग प्रदान गरिएको छ ।

होप धरानका तर्फबाट आमन्त्रित अतिथिहरु धरान १३ का वडाध्यक्ष नेत्रप्रसाद काफ्ले, धरान १८ का वडाध्यक्ष प्रवीण राईलगायतले भीषण आगलागीबाट पीडित रानीदेवी खड्कालाई ३१ हजार रुपैयाँ नगद प्रदान गरे ।

Hope dharan agnipidit

यस्तै क्यान्सरपीडित धरान ८ का प्रदीप केप्छाकी मगरलाई २९ हजार रुपैयाँ प्रदान गरिएको छ ।

चिसेफायु मिडियाको संयोजनमा ओमानबाट मनमाया राईद्वारा प्राप्त रकम २३ हजार ९ सय ८० रुपैयाँमा होप धरानका अध्यक्ष निश्चल पलिखेले ५ हजार रुपैयाँ थप गरी प्रदान गरेका हुन् ।

Hope dharan cancer pidit

यस्तै संस्था होप धरानद्वारा सन्चालित भोक राहतका लागि एक रुपैयाँ सहयोग कार्यक्रमअन्तर्गत एक सय वर्ष उमेर पुगेकी सूर्यलक्ष्मी श्रेष्ठले १ लाख रुपैयाँ प्रदान गरेकी छन् ।
श्रेष्ठका तर्फबाट छोरा सूर्यनारायण श्रेष्ठले रकम हस्तान्तरण गरे । कार्यक्रममा दाता तीर्थ बस्नेतले संस्थालाई नगद १५ हजार रुपैयाँ प्रदान गरेका थिए ।

Hope Dharan wheel chair

संस्थाले कार्यक्रमका अवसरमा सहयोगी र दातालाई सम्मान गरेको छ ।