वराहक्षेत्र । वराहक्षेत्र नगरपालिका–१ स्थित कोसी पुलमा बेवारिसे कार भेटिएको छ ।

पुलको बेलका नगरपालिकातर्फको भागमा सोमबार  बिहान ४ बजेतिर प्रदेश नं. १ को–०२–००२ च  ४१६६ नम्बरको कार भेटिएको हो ।

राति २ बजेदेखि गाडी बेवारिसे रहेको स्थानीयबाट सूचना आएपछि गएको इलाका प्रहरी कार्यालय रामपुरको टोलीले प्रारम्भिक जाँचका क्रममा गाडी दमक नगरपालिका–१ घर भएका ३२ वर्षीय डाक्टर प्रज्वल कोइरालाको रहेको पाइएको उदयपुर जिल्ला प्रहरी कार्यालयका डिएसपी हरिनन्दन चौधरीले बताए  ।

गाडीमा जुत्ता र मोबाइल भेटिएको छ । गाडी छाडेर डाक्टर कहाँ गए भन्ने एकिन भइसकेको छैन । डाक्टर कोइरालाले नदीमा आत्महत्या गरेको हुनसक्ने भन्दै इटहरीको पकली बाहिनीबाट आएको सशस्त्र प्रहरीको गोताखोर समूहले नदीमा खोजी गरेको छ ।