सेहेराखोला उत्तरतर्फ रहेको पानवारी बस्तीमा खोलापसेपछि १५ घर जोखिममा परेका छन् ।
गए राति १२ बजे खोला पसेपछि जाग्राम बस्न बाध्य भएको स्थानीय सार्के परियारले बताए ।
सेहेरा खोलाले धार परिवर्तन गरी स्थानीयको धान खेतमा पसेको थियो । खोला धान खेत हुँदै बस्तीमा पसेपछि १५ घर जोखिममा परेका छन् ।
Sehera khola anugaman1
सेहेरा खोलाले बर्खामा स्थानीयलाई बर्सेनि दु:ख दिंदै आएको छ । स्थानीयले
धरान ६ को वडा कार्यालयमा गुनासो गरेपछि वडाले नगरमा सिफारिस गरिदिएको थियो । नगरले स्थलगत अवलोकन गरी २६ लाखको लागत स्टिमेट तयार गरी सिंचाइ कार्यालयमा पठाएको थियो ।
सिंचाइले तत्काल आपतकालीन बचाउका लागि २० थान जाली प्रदान गरेको थियो । जाली लगाउन स्थानीयले रकम सङ्कलन गरी मेसिन लगाएपछि वन कार्यालय बाधक बनेको थियो ।
Sehera khola panbari
स्थानीयका अनुसार वन कार्यालयले खोलामा मेसिन प्रयोग गर्न नदिएपछि उनीहरु जिल्ला प्रशासन कार्यालय सुनसरी पुगेका थिए । प्रमुख जिल्ला अधिकारीले बाधा फुकाइदिएपछि काम गर्ने योजना बनाएका स्थानीयले जाली लगाउन नपाई खोला बस्तीमा पुगेको थियो ।
'आज श्रमदानबाट काम सुरु गर्ने योजना बनाएका थियौँ, राति नै खोला बस्तीमा पस्यो,' स्थानीय सार्के परियारले भने, 'रकम सङ्कलन गरेर जाली लगाउने भनेका थियौँ, खोला पसिहाल्यो ।'

Sehera khola anugaman

सिंचाइले मङ्सिर पुसतिर लागत स्टिमेटअनुसारको काम गरिदिने आश्वासन दिएको परियारले बताए । 
खोला बस्तीमा पसेपछि आज प्रदेश सभा सदस्य रमेशकुमार बस्नेतले स्थलगत अवलोकन गरेका छन् ।

स्थलगत अवलोकन गर्दै सांसद बस्नेतले भने, 'यो वर्षौंदेखिको समस्या हो यसलाई गुरु योजना मार्फत करिडोरको कन्सेप्ट अगाडि बढाउनुपर्ने आवश्यक्ता छ ।'
सेहेरा खोला हेर्दा सामान्य खहरेजस्तो देखिए पनि यसले स्थानीय सरकारका साना योजना कुलो, पैनी, सिचाइमा बर्सेनि क्षति पुर्याउँदै आएको सांसद बस्नेतले बताए । उनले धरानका तीन वडा ४,५,६ मा सेहेराले बर्सेनि क्षति पुर्याउँदै आएको बताए ।