धरान । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा नेपाली काङ्ग्रेसको भातृसंस्था नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घको नगर समिति गठन भएको छ ।
शुक्रबार गठित समितिको संयोजकमा सुरेन्द्र उराव चयन भएका छन् । समितिको सदस्यहरूमा राजवतीदेवी उराव, सन्दीप उराव, सुनिलकुमार मण्डल, बेचनदास उराव, जोगिन्द्र उराव, वीरेन्द्र उराव, कमलीदेवी उराव र मुनेश्वर मण्डल चयन भएको कार्यक्रम सञ्चालक गणेशलाल उरावले जानकारी दिए । उनका अनुसार भोक्राहा नरसिंह गाउँपालिकाको ८ वटै वडामा संयोजकहरू पनि चयन गरिएको छ ।
वडा नम्बर १ मा बुद्धनारायण उराव, २ मा रामदिलाय उराव, ३ मा सञ्जय उराव, ४ मा हीरालाल उराव, ५ मा जयराम उराव, ६ मा सुदुवा उराव, ७ मा फागु उराव, र ८ मा राधा उराव चयन भएका छन् ।
नेपाली काङ्ग्रेस भोक्राहा नरसिंहकी उपसभापति सुनिता उरावको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा भूतपूर्व सांसद् सूर्यदेवदास उराव, आदिवासी जनजाति महासङ्घका जिल्ला अध्यक्ष तिलकबहादुर सुनुवार, महासङ्घका जिल्ला सदस्य गङ्गाबहादुर लिम्बू (गगन), महासङ्घ सुनसरी सदस्य रवि मण्डललगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।