राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसियसन नेपाल (एन प्याब्सन) सुनसरीको दशौं जिल्ला अधिवेशनले योवा राईको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ ।

धरानस्थित लाङ्घाली सामुदायिक वनको सभा हलमा भएको अधिवेशनले २१ सदस्यीय कार्यसमिति चयन गर्ने टुंगो लागेको छ । अधिवेशनले पदाधिकारीसहित १६ सदस्यीय कार्य समिति चयन गरेको छ । ५ सदस्य पहिलो बैठकले मनोनित गर्ने निवर्तमान सचिव भगत लिम्बूले जानकारी दिए । 

सामान्य विवादका बीच टुंगो लागेको कार्यसमितिको वरिष्ठ उपाध्यक्ष गणेश कोइराला, उपाध्यक्षमा आलोक श्रेष्ठ, सचिवमा थरेन्द्र अधिकारी, सह सचिवमा पूर्णचन्द्र ढकाल, कोषाध्यक्षमा कृष्ण गड्तौला र सहकोषाध्यक्षमा कुरन चेम्जोङ चयन भएका छन् ।

कार्यसमितिका सदस्यहरुमा सुमित राई, गोकुल खड्का, राजकुमार राई, ताराबहादुर कार्की, सुमितकुमार मेहता, श्रवणकुमार साह, नवराज बुढाथोकी, गम्भीर तामाङ र दीपेन्द्र यादव छन् ।

जिल्लामा ८४ निजी विद्यालय आबद्ध छन् ।

अधिवेशनका लागि केन्द्रीय कार्यसमितिका अध्यक्ष पण्डव हमालको प्रमुख उपस्थित रहेको थियोे । अधिवेशनमा केन्द्रीय कार्यसमितिका अध्यक्ष, सहाध्यक्षदेखि ३ उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष २ सचिव र सदस्यहरूको उपस्थिति रहेको छ । एनप्याब्सनका धनकुटा, इलाम, उदयपुरलगायतका जिला नेतृत्वको सहभागिता रहेको छ । 

अधिवेशनमा प्याब्सन, हिसान, एन्फा, पत्रकार महासङ्घलगायतका प्रतिनिधिलाई निम्तो गरिएको थियो । नारायणकुमार सन्जेलको अध्यक्षतामा अधिवेशनको उद्घाटन समारोह गरिएको थियो ।

प्रमुख अतिथि केन्द्रीय अध्यक्ष हमालसँगै विशेष अतिथिहरु, केन्द्रीय सहअध्यक्ष सुवास न्यौपाने, केन्द्रीय उपाध्यक्ष तथा केन्द्रीय अनुशासन विभाग प्रमुख विजेन्द्र मिश्र, उपाध्यक्ष तथा केन्द्रीय सङ्गठन विभाग प्रमुख सुबोधकुमार डाँगी, उपाध्यक्ष - जयबहादुर श्रेष्ठ, महासचिव- पारसमणि दाहाल, कोषाध्यक्ष थापा, सचिवहरु- राजन छाराहाङ, राजेन्द्र गुरुङको उपस्थिति थियो ।

यस्तै केन्द्रीय सदस्यहरु  सन्जिवकुमार राई, सुमन कुमार चौधरी, चन्द्र मण्डल, सागरकुमार खड्का,
र कोशी प्रदेश अध्यक्ष  राजन पौडेलका साथै पूर्व केन्द्रीय महासचिव थानेश्वर साहको उपस्थिति रहेको थियो ।