श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०८० साल असोज ४ गते बिहीबार, २१ सेप्टेम्बर २०२३, पिङ्गलनाम संवत्सर । भाद्र शुक्लपक्षको षष्ठी तिथि १४ः३२ बजेसम्म, उप्रान्त सप्तमी, नक्षत्र अनुराधा १५ः५० बजेसम्म, उप्रान्त ज्येष्ठा, चन्द्रमा राशि वृश्चिक, सूर्याेदय ०५ः५१ बजे र सूर्यास्त ०६ः०२ बजे हुनेछ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
अरूका काममा धेरै समय खर्चनु पर्ला । स्वास्थ्यका कारण न्यून उपलब्धिमा चित्त बुझाउनु पर्ने परिस्थिति रहनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
लेनदेनको विवरण नराख्दा हिसाबकिताब बिग्रन सक्छ। केही काममा जुट्नै पर्ने बाध्यता रहनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
समस्या दर्शाउँदा सहयोगीले साथ दिनेछन् । मुस्किलले काम बन्नेछ । सहयोगले फाइदा उठाउन सकिनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
दिन मनोरञ्जनपूर्ण रहनेछ। आतिथ्यपूर्ण सम्मानका साथ मित्रताको बन्धन कसिलो हुनेछ। व्यापार बढ्नेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
व्यवसायका लागि यात्रा सम्भावना छ। सोख पूरा हुनुका साथै प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
नयाँ ज्ञानले अध्ययनमा उत्साह जगाउनेछ। सुमधुर प्रेम वा दाम्पत्यले प्रफुल्लित भइनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आम्दानी प्रशस्तै हुनाले उपभोग्य सामग्री खरिद गर्न सकिनेछ । भौतिक साधन जुट्नाले दिन उत्साहजनक रहनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
दिगो फाइदा हुने काम प्रारम्भ हुनसक्छ। परिस्थितिसँग सम्झौता गर्नुपरे पनि प्रयत्न गरे लक्ष्यमा पुग्न सकिनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
प्रतिष्ठा जोगाउन सफल भइनेछ । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । प्रतिष्ठा जोगाउन सफल भइनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
लामो यात्राको प्रक्रिया अघि बढ्नेछ । अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
प्रयत्न गरेमा काम सजिलै सम्पादन हुनेछ। सेवामूलक कामबाट धनलाभ हुनेछ। स्वास्थ्य सबल रहनेछ।