धरान । मोटरसाइकल कम्पनी ‘रोयल इन्फिल्ड’ को आधिकारिक बिक्रेता अल्फा अटोमोटिभले ‘वान राइड २०२३’ सम्पन्न गरेको छ ।
गत आइतबार रोयल इन्फिल्ड शोरुम नक्सालबाट सुरु भएर लाकुरेसम्मको यात्रापछि राइड २०२३ समापन भएको हो । विश्वभर एकै दिन आयोजना गरिएको ‘वान राइड २०२३’ ‘वान मिसन वल्र्डर वान वल्र्डर वान राइड’ नाराका साथ सुरु भएको थियो ।
ग्रामीण भेगमा पुगेर आन्तरिक पर्यटनमा मद्दत गर्ने तथा समुदायमा सहयोग गर्न लाकुरेमा रहेको वासुकी मा.वि. को आधारभूत विद्यालयका सबै विद्यार्थीहरूलाई खेलकुद, म्युजिकल इन्स्ट्रुमेन्ट र नगद सहयोग वितरण गरिएको थियो ।
लाकुरेका वडाध्यक्ष, विद्यालयका प्रधानाध्यापक, लाकुरेका समाजसेवी, रोयल इन्फिल्ड इन्डियाका प्रतिनिधि, अल्फा अटोमोटिभका निर्देशक तथा भारतीय राजदुतावासका कर्मचारीको सहभागितामा सामग्री हस्तान्तरण गरिएको थियो । राइडले सडक सुरक्षाका लागि जनचेतना जगाउँदै काठमाडौं लगायत १३ सहरमा एकैसाथ राइडमा सहभागीहरूलाई जोडेको थियो ।
वान राइडमा काठमाडौंका रोयल इन्फिल्डका हिमालयन, क्लासिक ३५० तथा मेटीअर ३५०, हिमालयन ‘स्क्रिम ४११, हण्टर ३५०’ मोटरसाइकलका साथै १ सयभन्दा धेरै सहभागी भएको कम्पनीले जनाएको छ ।