धरान उपमहानगरपालिकाका ५५ सामुदायिक विद्यालयका शिक्षक कर्मचारीले आज नगर परिसरमा धर्ना दिएका छन् ।

नेपाल शिक्षक महासङ्घ राष्ट्रिय समितिद्वारा घोषित आन्दोलनअन्तर्गत उपमहानगर परिसरमा शिक्षक कर्मचारीले धर्ना दिएको आन्दोलन परिचालन समितिका सहसंयोजक रामबहादुर विष्टले बताए ।

Shikshak Aandolan dharan2

धर्नालाई सम्बोधन गर्दै सहसंयोजक विष्टले शिक्षा विधेयक पन्चायतकालीन ऐनभन्दा पनि प्रतिगामी भएको बताए ।

धर्नामा उपस्थित शिक्षक कर्मचारीलाई शिक्षकहरुको माग र जारी आन्दोलनका बारेमा जानकारी गराइएको थियो ।
शिक्षक कर्मचारीले उपमहानगरको सेवा प्रवाहमा बाधा नपर्ने गरी धर्ना दिएका छन् ।

Shikshak Aandolan Dharan 3

हिजो काठमाडौंमा भएको आन्दोलनमा धरानबाट  २७ जना प्रतिनिधिले सहभागिता जनाएका छन् । 
२ लाख ११ हजार रकम उठाएर प्रतिनिधित्व गराएको सहसंयोजक विष्टले जानकारी दिए ।

विष्टका अनुसार एकतर्फी रिजर्भ भाडा ५५ हजार खर्च भएको छ । मावी तहका शिक्षकबाट २ हजार ५ सय, निमावीबाट २ हजार, प्रावी तहबाट १ हजार ५ सय र  कर्मचारीबाट १ हजार रुपैयाँ सङ्कलन गरेको बताए ।

शिक्षकहरुले हाजिर आन्दोलनस्थलमै गर्दै आएको बताएका छन् । शिक्षकहरूको जारी सडक आन्दोलनको क्रममा राजधानीमा तनाव उत्पन्न भएको छ ।

Shikshak Aandolan dharan 4

आज हजारौंको संख्यामा रहेका शिक्षकको हुलले प्रहरीको ब्यारिगेट तोड्न खोजेपछि प्रहरीले बल प्रयोग गरेको थियो ।

माइतीघरबाट बानेश्वर मार्चपासमा उपस्थित आन्दोलनकारीले  बानेश्वरको प्रहरी घेरा तोड्न खोजेपछि ठेलमठेल भएको थियो ।