स्वास्थ्य सेवा सन्चालन गर्न बिपी प्रतिष्ठान पदाधिकारी र आन्दोलनरत पक्षलाई धरानका दलले चेतावनी दिएका छन् ।

आज वक्तव्य जारी गर्दै धरानका राजनीतिक दलहरु नेपाली काङ्ग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत  समाजवादी पार्टीले प्रतिष्ठान सेवा सन्चालन गर्न चेतावनी दिएका हुन् । 
प्रतिष्ठानमा आफ्ना मागहरु राखी आन्दोलनरत पक्ष र प्रतिष्ठान पदाधिकारीले उपयुक्त समाधानको निकास नदिई स्वास्थ्य सेवा ठप्प पारी गरिएको कार्यप्रति  धरानका राजनीतिक दलहरुको गम्भीर ध्यानाकृष्ट भएको बताउँदै  दलहरूले प्रतिष्ठान अन्तर्गतका दुबै पक्षलाई उपयुक्त समाधानमार्फत् स्वास्थ्य सेवा तत्काल सुरु नगरे जस्तोसुकै मूल्य चुकाउन समेत तयार रहेको आज जारी वक्तव्यमार्फत चेतावनी दिएका छन्

'नेपालको संविधानले प्रदत्त हकलाई नै कलुषित गर्ने गरी बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य सेवा लिन आउने धराने जनता र आम नागरिकलाई स्वास्थ्य सेवा लिनवाट बन्चित भएको हुँदा आन्दोलनरत पक्ष र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारी समेतलाई तत्काल उपयुक्त निकास निकाली तत्काल स्वस्थ्य सेवालाई निशर्त सुचारु गर्न हार्दिक अपिल गर्दछौं ।' विज्ञप्तिमा भनिएको छ, 'उपयुक्त समाधान मार्फत स्वास्थ्य सेवा तत्काल सुचारु नगरे हामी राजनितिक दलहरुले जस्तोसुकै मूल्य चुकाउन समेत तयार रही बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्वास्थ्य सेवा सुचारु गराइने घोषणासमेत गर्दछौं ।'