भरौल । थारू कल्याणकारी सभा वराहक्षेत्र नगर कार्यसमितिको प्रथम अधिवेशनले अधिकलाल चौधरीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भरौलमा सम्पन्न अधिवेशनले उपाध्यक्षत्रयमा विमला चौधरी, जयराम चौधरी र जयनारायण चौधरी चयन भए । सचिवमा देवकुमार चौधरी र सह–सचिवमा पर्शुराम चौधरी र कोषाध्यक्षमा विनोद चौधरी चयन भएका छन् ।

यसैगरी सदस्यहरूमा कमला चौधरी, झर्ना चौधरी, जयप्रकाश चौधरी, अनिल चौधरी, मनिष चौधरी र मनोज चौधरी रहेका छन् ।

संस्थाको विधानअनुसार २५ जना कार्यसमिति रहने भए पनि हाल १३ सदस्यीय समिति गठन भएको हो । पहिलो बैठकले अन्य सदस्य अनुमोदन गरिने अध्यक्ष अधिकलाल चौधरीले जानकारी दिए । उनले आफ्नो कार्यकालमा नगरको भवन निर्माणमा जोड दिने बताए । उनले थारूहरूको पौराणिक, सांस्कृतिक संरक्षण, वाद्यवादन, गरगहना साथै पौराणिक वस्तुलाई झल्काउने गरी सङ्ग्रहालय निर्माण गरिने बताए ।