विजयपुर । धरानमा निःशुल्क स्वाथ्य शिविर सम्पन्न भएको छ ।
शनिबार धरान १० मा नेवार एकता समाज, नेवाः देय् दबू र नेवाः मिसा दबूको आयोजनामा आँखा र ग्यास्ट्रो सम्बन्धी निशुल्क स्वास्थ्य शिविर भएको हो । ग्यास्ट्रोको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. सन्दीप बज्राचार्यले परिक्षण गरेका थिए भने आखाँको बिराटनगर आँखा अस्पतालका डा. रिकेस सिंहले परिक्षण गरेका थिए । शिविरमा १ सय १२ जनाले परिक्षण गराएका थिए ।
शिविरमा औषधि पनि निशुल्क दिइएको एकता समाजका अध्यक्ष अर्पण शाक्यले जानकारी दिए । स्वास्थ्य परिक्षणको प्राविधिक सहयोग बिर्तामोड डाइनोग्नोसिस्ट सेण्टरले गरेको थियो । देय् दबू, मिसा दबू र नेवा एकता समाज धरान १० समितिको आयोजनामा भएको थियो ।
नेवार एकता समाजका अध्यक्ष अर्पण शाक्य, नेवाः देय् दबूका अध्यक्ष मनोज श्रेष्ठ र नेवाः मिसा दबूका अध्यक्ष रामेश्वरी ताम्राकारको संयुक्त अध्यक्षतामा शिविर उद्घाटन भएको थियो । समाजसेवी प्रकाश ताम्राकार प्रमुख अतिथि रहेका थिए । नेवार एकता समाजका केन्द्रीय अध्यक्ष महेश श्रेष्ठ, पूर्व अध्यक्ष राजेशमान श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।