विजयपुर । मितेरी डेभलपमेण्ट बैङ्कले महेन्द्र बहुमुखी क्याम्पस धरानमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

मङ्गलबार बैङ्कले क्याम्पसका बिबिए छैठौँ सेमेष्टरमा अध्ययनरत् विद्यार्थीका लागि वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो । कार्यक्रममा क्याम्पसका प्रा.डा. अशोककुमार झा, एक सय जना विद्यार्थी तथा शिक्षकको सहभागिता रहेको थियो ।

कार्यक्रममा बैङ्कका प्रमुख कार्यकारी अधिकृत तुलसीप्रसाद वस्ती, कर्जा विभाग प्रमुख विशाल श्रेष्ठ, सूचना विभाग प्रमुख जितेन्द्रकुमार यादव र सञ्चालन विभाग प्रमुख रमेश गौतमले सहजीकरण गरेका थिए ।

कार्यक्रमका विषयमा बिबिए छैठौं सेमेष्टरका विभागीय प्रमुख दीपेन्द्र कार्की तथा विद्यार्थीले प्रतिक्रिया दिएका थिए ।