पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका पहाडी भू-भागमा आंशिकदेखि  साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रही  मौसम मुख्यतया सफा रहनेछ। 

देशको पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। 

तराईका अधिकांश स्थानहरूमा हुस्सु-कुहिरो लाग्ने हुँदा दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने महाशाखाको भनाइ छ ।

शनिबार भोली  कोशी र बागमती प्रदेशको पहाडी भू-भागमा आंशिक भोलदेखि  साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ।

कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।