धरान । नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशको महिला विभागले प्रदेशका महिला पत्रकारका लागि क्षमता विकास कार्यशाला सम्पन्न गरेको छ ।

मङ्गलबार विराटनगरमा प्रदेशका ६४ महिला पत्रकारको सहभागितामा कार्यशाला सम्पन्न भएको हो। प्रदेशको सामाजिक विकास मन्त्रालयको सहकार्यमा भएको कार्यशालाको उद्घाटन प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्री शमशेर राईले गरे ।

कार्यक्रममा लामो समयदेखि पत्रकारितामा निरन्तरता दिएर काम गरिरहेका धरानका गङ्गा बराल, निलिफा सुब्बा, मोरङका ललिता भट्टराई, सुशीला सङ्ग्रौला, प्रदेशको सामाजिक  विकास मन्त्रालयकी उपसचिव दुर्गा बराल, महासङ्घकी केन्द्रीय उपाध्यक्ष बाला अधिकारीलाई सम्मान गरिएको थियो।

IMG20240312152813

नेपाल पत्रकार माहासङघ कोशी प्रदेश उपाध्यक्ष  हेमा चेम्जोङले महिलाहरु कमजोर भए भने महिलाहरुले लेख्ने समाचारको कन्टेन समेत  कमजोर हुनेभएकाले अब महिला पछि नपर्ने गरि  पुरुष सर पत्रकारितामा अगि बढन  महिलाहरुको क्षमता  वृद्धि र लेखनमा अझ प्रभावकारी बनाउन  प्रदेश भरि रहेर काम गरिरहेका महिला पत्रकारहरुलाई  प्रोत्साहन गर्ने उदेश्य कार्यक्रमको आयोजना गरेको बताउदै शुभकामना समेत दिएकी छन्।

कार्यशालामा नेपाल पत्रकार महासङ्घकी सल्लाहकार निर्मला शर्मा र तारामणि सापकोटाले प्रशिक्षण दिएका थिए। कार्यक्रममा कोशी प्रदेश कार्यवाहक अध्यक्ष लवदेव ढुङ्गाना, सचिव देवेन्द्र कार्की, केन्द्रीय सदस्य अमर खड्का लगायतको उपस्थिति रहेको थियो।