धनकुटा । धरान धनुकटा लोकमार्गको घण्टे मुलघाट सडक खण्डको गुर्जूवामा मोटरसाईक र मारुती भेन एक आपसमा ठोकिदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।
सोमबर साँझ करिब ७:३० बजे भएको सडक दुर्घटनामा परि साँगुरीगढी गाउँपालिका वडा नं.६ का वर्ष २३ का दिवश तामाङको घटनास्थलमै मृत्यु भएको हो ।
साँगुरीगढी गा.पा.वडा नं.६ को सिम्सुवा झरना देखि लावरवोटेतर्फ आउँदै गरेको को १ च ३२८० नम्वरको मारुती भ्यान र मुलघाटबाट घण्टेतर्फ जाँदै गरेको को ३३ प ८३५७ नम्बरको पल्सर मोटरसाइकल एक आपसमा ठोकिदा तामाङको घटनास्थलमै मृत्यु भएको हो ।
मोटरसाइकल चालक साँगुरीगढी–६ घण्टे घर भएका अभिषेक लिम्वू र मारुती भेन चालक झरना घर भएका वर्ष २९ का तुलवहादुर राई (याम्फू दाई) भने गम्भिर घाइते भएका छन् । घाइते दुवैको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भर्इहेको छ । मृतक तामाङलाई पनि वीपीमा लगिएको छ ।
भेन चालक तुलवहादुर राई (याम्फू दाई) भने लावरवोटेमा भूमिआयोग धनकुटाका अध्यक्ष बलवहादुर राईको नातीको छेवारमा निम्तो मान्न आउने क्रममा दुर्घटनामा परेका थिए । मोटरसाइकलमा सावार तामाङ र लिम्वू भने मुलघाटमा फुटवल हेरेर घण्टेतर्फ घर फर्कने क्रममा दुर्घटनामा परेको स्थानियले बताएका छन् । तिव्र गतिको कारण दुर्घटना भएको प्रहरीले जनाएको छ । मोटरसाइकल र मारुती भेनमा पूर्ण रुपमा क्षति पुगेको छ ।