धरान/धरानमा लघु चलचित्र ‘कुमाक्ला फाक’ र द रेड मुन प्रदर्शन गरिएको छ।शनिबार धरानको विपी प्रतिष्ठानको अडिटरियम हलमा दुवै लघु चलचित्र प्रदर्शन गरिएको हो।

लिम्बु समुदायको संस्कृतिमा आधारित कुमाक्ला फाकको निर्माण नवीन पराजुली र सुरेश लाबुहाङले गरेका छन् भने निर्देशन नवीन मेन्याङबोले गरेका छन्। चलचित्रमा प्रेम सुब्बा, उदय सुब्बा कुरुङम्बाङ, नुमा लिम्बू, प्रकाश लिम्बू, नवीन पराजुली, दिलु सुब्बा, राधा फोम्बो, अंकित लिम्बू लगायतका  कलाकारले अभिनय गरेका छन्।
चलचित्रले लिम्बू समुदायमा सुगुर पालेर घर व्यवहार चलाउने प्रचलन बारे कथा प्रस्तुत गरेको छ। त्यस्तै द रेड मुनले माओवादी जनयुद्धको समयकालमा समाजमा परेको असर बारे कथा प्रस्तु गरेको छ।
कलाकारहरु प्रेम सुब्बा ,तुलशा थापा, बिजय सुब्बा, सन्तविर राई, विशाल श्रेष्ठ लगायतका कलाकारहरुले अभिनय गरेका छन्।