त्येअंशी सिरिजंगा सिंहथेबे प्रतिष्ठान नेपालकाे सहयाेगार्थ हङकङ पाँचथर मञ्चले हङकङमा भव्य सांगीतिक कार्यक्रम याङ्वरक सांगीतिक साँझ सम्पन्न गरेकाे छ ।

शनिबार हङकङकाे जाेर्डन स्थित ब्लु ओसन रेष्टुरेन्टमा आयाेजीत सांगीतिक साँझमा गायकहरु बब्रिम शेर्मा, साक्थिम याेङ्या, गायिकाहरु गंगा फियाक, मञ्जु कङ्लिबा, याक्थुङ गजलकार ईन्दिरा नेम्बाङले प्रस्तुति दिएर हङकङ्गेली दर्शक स्राेतालाई मनाेरञ्जन प्रदान गरे ।

IMG_20240630_004908

कार्यक्रममा मन्तव्य व्यक्त गर्दै खुसी तावाले पाँचथर याङ्वरककाे पर्यटन प्रवर्द्धनका लागि अनुराेध गरिन् । 

पाँचथर मञ्च हङकङका अध्यक्ष कमानध्वज लावतीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा निवर्तमान अध्यक्ष टीका माखिम, सल्लाहकारहरु कुमार गुरुङ, शिव सम्बाहाङ्फे, भुपेन्द्र चेम्जाेङ, मञ्चका सहसचिव राेविन गुरुङ, काेषाध्यक्ष राेमन लावती लगायतकाे उपस्थिति रहेकाे थियाे । 

IMG_20240630_004753

कार्यक्रममा गायक ज्ञान सुब्बा थेबे र फुङ्लिङ नगरपालिका-११कि ज्येष्ठ नागरिक आईतमाया फेन्जेताङलिङ ईजमलाई सम्मान गरिएकाे थियाे । त्यस्तै पाँचथरकाे गीत र केलाङ् नृत्य पनि प्रस्तुत गरिएकाे थियाे । कार्यक्रम मनुता काम्बाङ र मञ्चका सचिव मनिकुमार फियाकले सञ्चालन गरेका थिए । कार्यक्रम सफल बनाउन विभिन्न व्यक्ति तथा संघ संस्थाकाे ठूलाे सहयाेग रहेकाे भन्दै कार्यक्रम संयाेजक माैसम ईम्बुङले धन्यवाद ज्ञापन गरे ।

IMG_20240630_004930