ओभरसिज नेपाली वर्कर्स एशोसिएसन हङकङले नेपाली चाड दशैं मनाएको छ ।

विशेष कार्यक्रमको आयोजना गरि टिका लगाएर दशैं मनाइएको हो ।

कार्यक्रममा एशोसिएसनकी उपाध्यक्ष युनिता गुरुङकी आमाको हातबाट  एशोसियसनका सम्पुणर् सदस्य तथा गैरसदस्यहरुले टिका ग्रहण गरेर आशिष थापेका थिए ।

onwa (2)

सोहि समारोहमा गत महिना च्यारिटी तीज कार्यक्रमबाट संकलित रकम हङकङ डलर ५ हजार बेथुन हाउसका सञ्चालकलाई हस्तान्तरण गरिएको थियो । बेथन हाउसमा आप्रवासी कामदारहरुका लागी सेल्टर हाउस सञ्चालन र प्रबर्धनका लागी संचालक तथा प्रबन्धक एड्विना एन्टोनियोलाई उक्त रकम हस्तान्तरण गरिएको हो ।