श्री शालवाहनिय शाके १९४६ ने.सं.११४५ वि.सं.२०८१ साल पुस ३ गते बुधबार, १८ डिसेम्बर  २०२४, कालयुक्त संवत्सर, पुष कृष्ण पक्षकाे तृतिया  तिथि  १०:२२  उप्रान्त चतुर्थी, नक्षत्र पुष्य भोली ०१:१२ बजेसम्म अश्लेषा, चन्द्रराशी–कर्कट, सुर्योदय ०६:४८ बजे र सुर्यास्त ०५:१२बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
विभिन्न उपहार प्राप्त हुने समय छ । रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
व्यापारमा विशेष फाइदा हुनेछ । प्रतिद्वन्द्वीहरूलाई सजिलै हराउन सकिनेछ । कर्मको उचित प्रतिफल पाइनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
कामले समाजमा स्थापित बनाउनेछ । चुनौती पन्छाएर पनि नयाँ काममा जग बसाउने मौका छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ । अध्ययनमा प्रगति हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अभिव्यक्ति कलामा निखारता ल्याउने अवसर प्राप्त हुनेछ । चिताएको काम समेत सम्पादन हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
कमजोरीलाई सुधार्ने मौका पाइनेछ । मेहनतले सम्मानित स्थान समेत दिलाउनेछ । सहयोगीहरू प्रशस्तै भेटिनेछन् ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
कार्य प्रारम्भ गर्ने समय छ । स्वादिष्ट भोजनको आनन्द पाइएला । सफलताले काम गर्न हौसला मिल्नेछ ।  
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
नयाँ कामको प्रस्ताव आउनेछ । मनग्य धन आर्जन होला । कमी–कमजोरीलाई पनि सुधार गर्ने अवसर प्राप्त हुनेछ ।  
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
परिवारजनसँग भेटघाट हुनेछ । केही वस्तु त्याग्नुपर्ने हुन सक्छ । खर्च लागे पनि रोकिएका काम बन्नेछन् ।  
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
लामो यात्रा गर्ने अवसर जुट्नुका साथै वैदेशिक क्षेत्र लाभदायक रहनेछ । दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ ।  
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ । तत्काल फाइदा लिँदा भविष्यमा नोक्सान हुने देखिन्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
चुनौतीका बाबजुद स्वाभिमान रक्षा गर्न सकिनेछ । व्यापार व्यवसायमा वृद्धि हुनेछ ।