श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४५ वि. सं. २०८१ साल पुस ४ गते बिहीबार, १९ डिसेम्बर  २०२४, कालयुक्तनाम संवत्सर। पौष कृष्णपक्षको चतुर्थी तिथि १०ः२० बजेसम्म, उप्रान्त पञ्चमी, नक्षत्र अश्लेषा भोलि ०२ः१४ बजेसम्म, उप्रान्त मघा, चन्द्रमा राशि कर्कट, सूर्याेदय ०६ः४९ बजे र सूर्यास्त ०५ः१२ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
अवसर प्राप्त भए पनि परिस्थितिवश काममा बाधा होला। आफ्ना कमजोरीमाथि टिप्पणी हुनसक्छ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
प्रयत्न गर्दा स्थितिमा सुधार आउन सक्छ। शुभचिन्तकहरूको मनोभाव विचार गरेर अघि बढ्नुहोला।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
दोहो¥याएर प्रयास गर्दा रोकिएको काम बन्नेछ। सूचना बाहिरिन सक्ने हुनाले गोपनीयतामा ध्यान पुर्याउनु होला।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
हड्बड गर्ने बानीले पनि काम बिग्रन सक्छ । सोचेजस्तो अनुकूल नहुन सक्छ। काम गर्दा विवादमा परिएला।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
दाजुभाइमा केही असमझदारी देखापर्न सक्छ । आफ्नो मिहिनेतबाट अरूले समेत फाइदा उठाउने चेष्टा गर्नेछन् ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
अवसर र व्यवधानका बीचबाट कर्मयोग अघि बढ्नेछ। लगनशीलताले परिस्थिति सहज बन्नेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। सुखद् समाचारले उत्साह जगाउनेछ।  
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ।  
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
बोलीको प्रभावले काममा फाइदा दिलाउनेछ। विभिन्न भौतिक साधन प्राप्त हुनेछन्।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
काम बन्नुका साथै दिन मनोरञ्जनपूर्ण रहनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजन प्राप्त हुनेछ।   
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
कामको सफलताले हौसला जगाउनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीले साथ दिनेछन् ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
बिछोडिएका आफन्तसँग भेटघाट होला । पहिलेका कमजोरी सुधार्दै फाइदा उठाउने समय छ।