श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४५ वि.सं. २०८१ साल पुस ५ गते शुक्रबार, २० डिसेम्बर २०२४, कालयुक्तनाम संवत्सर। पौष कृष्णपक्षको पञ्चमी तिथि ११ः०७  बजेसम्म, उप्रान्त षष्ठी, नक्षत्र मघा भोलि ०४ः०२ बजेसम्म, उप्रान्त पूर्वफाल्गुनी, चन्द्रमा राशि सिंह, सूर्याेदय ०६ः४९ बजे र सूर्यास्त ०५ः१३ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
दिन मनोरञ्जनपूर्ण रहनेछ। आतिथ्यपूर्ण सम्मानका साथ मित्रताको बन्धन कसिलो हुनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
व्यवसायका लागि यात्राको सम्भावना छ। सोख पूरा हुनुका साथै प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
नयाँ ज्ञानले अध्ययनमा उत्साह जगाउनेछ। सुमधुर प्रेम वा दाम्पत्यले प्रफुल्लित भइनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
दिगो फाइदा हुने काम प्रारम्भ हुनसक्छ। सम्झौता गर्नुपरे पनि प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
प्रतिष्ठा जोगाउन सफल भइनेछ। मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ।  
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
बल तथा बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिनेछ। अध्ययनमा समय दिन नसकिएला।  
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अरूका काममा चासो लिँदा झमेला बेहोर्नुपर्ला। पछि लाभ हुने काम भने प्रारम्भ हुनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
फाइदाको स्रोत पहिल्याउन सकिनेछ। गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ।  
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
थोरै भए पनि दिगो लाभ हुने काम प्रारम्भ हुनेछ। यात्रा गर्ने अवसर जुट्न सक्छ।  
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
हतार गर्नाले काम बिग्रन सक्छ। साथीभाइ टाढिनेछन् भने अरूको फाइदाका लागि उपयोग भइएला।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
बेसुरमा वचन दिँदा अप्ठ्यारोमा परिएला। असंयम व्यवहारले समस्या निम्त्याउन सक्छ।