श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४५ वि.सं. २०८१ साल पुस ६ गते आइतबार, २२ डिसेम्बर २०२४, कालयुक्तनाम संवत्सर। पौष कृष्णपक्षको सप्तमी तिथि  १४ः५० बजेसम्म, उप्रान्त अष्टमी, नक्षत्र उत्तरफाल्गुणी भोलि ०९ः२३ बजेसम्म, उप्रान्त हस्ता, चन्द्रमा राशि सिंह, सूर्याेदय ०६ः५० बजे र सूर्यास्त ०५ः१४ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
अस्वस्थताले लक्ष्यअनुसार काममा जुट्न नसकिएला। अप्ठ्यारा परिस्थिति सुल्झाउनमै समय बित्नेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
सहयोगीहरू पछि हट्नाले नयाँ काम गर्न समस्या पर्नेछ। अलमलले आँटेका काममा पनि बाधा पु¥याउनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
अप्रिय समाचारले चिन्तित तुल्याउन सक्छ। गुरुजनसँग मतभेद हुनाले अध्ययनमा बाधा पर्नेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
समयको सदुपयोग गर्न नसकिएला । अवसर मिले पनि तत्काल प्रतिफल हातलागी नहुन सक्छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
पहिलेका सम्झौता तोड्नुपर्ने परिस्थिति आउन सक्छ। अरूको भरले मात्र काम पूरा नहुन सक्छ।  
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
अन्योलमा मान्यजनको सुझाव शिरोधार्य गर्दा सामान्य लाभ हुनेछ। रोकिएका काम दोहो¥याउनुपर्ला।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन्।बेलैमा होस नपु¥याउँदा केही चुनौती झेल्नु पर्ला।  
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
समयको प्रतिकूलताले काम बिग्रन सक्छ। परिश्रम परे पनि कम प्रतिफल प्राप्त हुनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
काम बने पनि उठ्नुपर्ने रकम रोकिन सक्छ। नियमित काम तथा व्यवसायमा सामान्य फाइदा भइरहनेछ।  
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
सजग नहुँदा आफ्नो श्रमबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। चुनौतीभित्र अवसर खोज्ने समय छ।   
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
प्रयत्न गर्दागर्दै पनि केही कमजोरी देखा पर्न सक्छन्। आलोचकहरूबाट पनि केही सजग रहनुपर्ला।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
मौकामा प्रयत्न गर्दा काम बन्नेछ । सरसामान जोड्ने समय छ। आर्थिक कारोबारतर्फ लाभ मिल्नेछ।