श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४५ वि. सं. २०८१ साल पुस ८ गते सोमबार, २३ डिसेम्बर २०२४, कालयुक्तनाम संवत्सर। पौष कृष्णपक्षको अष्टमी तिथि १७ः२५ बजेसम्म, उप्रान्त नवमी, नक्षत्र उत्तरफाल्गुणी ०९ः२३ बजेसम्म, उप्रान्त हस्ता, चन्द्रमा राशि कन्या, सूर्याेदय ०६ः५१ बजे र सूर्यास्त ०५ः१४ बजे हुनेछ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। सुखद् समाचारले उत्साह जगाउनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। नयाँ काम प्रारम्भ हुने समय छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ। बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
बोलीको प्रभावले फाइदा हुनेछ । कामना पूर्ण हुनेछ भने रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्न सक्छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आफन्तसँग भेटघाट हुनुका साथै स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । समयमै काम सम्पादन गर्न सकिनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। काममा विशेष अवसर प्राप्त हुनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
पहिलेको सफलताले पनि हौसला जगाउनेछ। व्यापारमा मनग्य फाइदा हुनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आकस्मिक खर्च बढ्नुका साथै अर्थ अभाव देखापर्न सक्छ। आम्दानीका स्रोत भने कमजोर बन्नेछन्।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
बेलैमा होस नपुग्नाले फाइदा गुम्न सक्छ। काममा हस्तक्षेप गर्नेहरू सक्रिय हुनेछन्।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
समयमा होस नपुग्नाले व्यवहारमा पछि परिएला। आफ्नाबाटै टाढिनुपर्ने स्थिति आउन सक्छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
भैपरी आउने खर्चले चिन्ता बढाउन सक्छ। धेरै मिहिनेत परे पनि थोरैमात्र फल प्राप्त हुनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आम्दानीका विभिन्न स्रोत देखिए पनि लगानीतर्फ लागत बढ्ने समय छ। कामको राम्रै मूल्याङ्कन हुनेछ ।